मलेसियामा काम गर्दागर्दै एक्कासी समुद्रमा खस्दा एक नेपालीको मृत्यु

सुन्दर आले /केशव दाहाल

 

मलेसिया – मलेसियास्थित विन्ताङ्ग कम्पनीमा कार्यरत बारा जिल्ला तिपरा सिमरा गा.वि.स. वडा नं. ३ निवासी ३२ वर्षिय राज कुमार बुढासैनी काम गर्दागर्दै एक्कासी समुद्रमा खस्दा मृत्यु हुन पुगेको छ ।


यसअघि पनि दुई जना नेपालीले उक्त कम्पनीमा ज्यान गुमाई सकेका छन् । नियमित आफ्नो डिउँटी पुरा गरी कन्ट्रेनर चेक गर्दै गर्दा आकस्मत समुद्रमा खसेको हुन सक्ने उनका साथीहरु बताउछन् । आज भन्दा तीन वर्ष अगाडि रोजगारीको शिलशिलामा सुनौलो भविष्यको कल्पना गर्दै मलेसिया आइपुगेका बुढासैनी यहि १८ तारिख मंगलवार बेलुकी ८.३० बजेदेखि कार्य क्षेत्रबाटै हराएका थिए ।


सँगै काम गर्ने सबै साथीहरुले उनी बाहिर नआए पछि खोजतलास गरेका थिए तर अबेरसम्म पनि अत्तोपत्तो नलागे पछि कम्पनी बोसलाई खबर गरी प्रहरीलाई समेत जानकारी गराइएको थियो । तर समुन्द्रमा अत्याधिक पानीको मात्र बढेकाले खोजी कार्यमा सफलता पाउन नसकेको गुनासो गरेका छन् मृतकका साथीहरुले ।

मृतक बुढासैनी मृत अवस्थामा शरीरको टाउको नभएको र खुट्टा भाँचिएको अवस्थामा विहीबार ८.३० बजे तिर नथफोर्थ सुरक्षामा खटिएका विशेष प्रहरीले तीन दिनपछि उनको शवलाई स्थलगत आगमन प्रश्चात कम्पनीको रोहवरमा पोष्टमार्टमका लागि केलाङ्ग हस्पिटलमा लगेको छ ।


स्मराण रहोस सो कम्पनीमा कार्यरत ४०० भन्दा बढी नेपाली कामदारहरुलाई सेप्टी सुरक्षाको व्यवस्था नभएकाले बेला बखत नेपालीहरु मृत्युको शिकार भएका छन् । साथै उक्त कम्पनीले सेप्टी सुरक्षाका लागि कुनै चासो नदिएको गुनासो श्रमिकहरुले गरेका छन् । हालसम्म कम्पनीमा ज्यान गुमाएका कुनै पनि नेपाली श्रमिकहरुले ईन्सुरेन्स वापत पाउनु पर्नै सबै सुविधाहरु पाएका छैनन् ।


असुरक्षित काम भएका कारणले अबदेखि सेप्टी सुरक्षा र विमा शुल्क पाउनुपर्ने मागहरु राख्दै आवश्यक परे आन्दोलनमा उत्रने जानकारी उक्त कम्पनीमा कार्यरत श्रमिकहरुले जानकारी दिएका थिए ।