अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्यिक कार्यक्रमको तेह्रौं शृंखला टोक्योमा आयोजना

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको तेह्रौं शृंखला यहि जनवरी २५ तारिख मंगलबारको दिन टोक्योमा आयोजना गर्ने भएको छ।


सो साहित्यिक कार्यक्रम टोकियोको सिन-ओकुबो स्थित नेपाली खाजाघरको सभाकक्षमा सांझ ६ बजेबाट हुन गईरहेको छ । उक्त कुरा आयोजक संस्थाकातर्फ़बाट महासचिव पुष्करजंग थापाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
अनेसास जापानले बिगत केहि वर्षदेखि हरेक तीन-तीन महिनाको फरकमा शृंखलाबद्द साहित्यिक कार्य्रक्रमको आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस पटकको कार्यक्रम शृंखला तेह्र (१३) को रुपमा हुन गईरहेको कुरा पनि बिज्ञप्तिमा उल्लेख छ ।


जनवरी २५ तारिख मंगलबारको दिनमा हुन गईरहेको सो कार्यक्रममा जापानमा रहेका नेपाली श्रष्टाका अतिरिक्त देश-बिदेशका श्रष्टाहरुका रचनाहरु समेत बाचन गरिने भएकोले साहित्यलाई माया गर्नहुने सम्पूर्ण श्रष्टालगायत साहित्यनुरागी महानुभावहरुमा रचनासहित न्यानो उपस्थितिको लागि  हार्दिक आहवान गरिएको छ । उपस्थित हुन असमर्थ श्रष्टाहरुको रचना पनि बाचन गरिने भएकाले इच्छुक महानुभाबहरुले rachanasankalan@googlegroups.comThis e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा इमेल मार्फत पठाउन पनि बिज्ञप्तिमा अनुरोध गरिएको छ ।