नेपाल जनसंपर्क समिति नेदरलैंडको तदर्थ समितिको गठन भएको छ भने अब यस तदर्थ समितिले यथा सिध्र चाडो महाधिबेसन समेत गर्ने निर्णय लिएको छ। साथै प्राप्त समाचार अनुसार सो जनसंपर्क समितिले निम्न निर्णय समेत लिएको छ:-
रास्त्रियता, प्रजातन्त्र र समाजबाद प्रति आस्थाबान सम्पूर्ण निदर्लान्ड्सबासि नेपालि दाजुभाई तथा दिदीबहिनीहरुले चाहेको जस्तो सम्पूर्ण नेपालीहरुको हक र हितको प्रत्याभूति गर्ने र सम्पूर्ण जनमानस्देखी प्रस्फुटित प्रजातान्त्रिक बिचारलाइ समेटी सामुहिक नेतृत्वको र प्रजातान्त्रिक अभ्यास को बिकाश गर्दै अगाडी बढ्न प्रजातन्त्रप्रेमी बहुसंख्यक साथीहरुले एक नयाँ जन सम्पर्क समितिको आबस्यकता महसुस गरेकोले यस समुहको इच्छा र चाहनालाई कदर गर्दै अगाडी बढ्न।
पुरानो जन सम्पर्क समितिले प्रजातान्त्रिक पढ़धतिलाई अबलम्बन गर्न र सामुहिक नेतृत्वको बिकाश गर्दै अगाडी बढ्न नसकिरहेको, बहुसंख्यक नेपालीहरुको इच्छा र चाहना प्रतिकुल अगाडी बढिरहेको, बिगतका विभिन्न समयहरुमा बैधानिक परिधिभन्दा बाहिर कार्य गरेको, व्यक्तिगत स्वार्थका साथै हैकमबादी प्रबृत्ति बाट बाहिर निस्कन नसकिरहेकोले र यस्तो कम्जोर तार्किक र बैचारिक अबस्थाबाट अगाडी बढ्न नसकिने बरु बहुसंख्यक नेपालीहरुको बिचारलाई नसमेटिनुले उनीहरुमाथि ठुलो अन्याय हुन जाने कुरालाई द्रिस्टिगत गर्दै।
पुरानो जन सम्पर्क समितिको सदस्य संख्या १०२ मध्ये १६ जनाले सदस्यता फिर्ताको निबेदन दियिसकेकोले त्यहाको सदस्य संख्या जम्मा ८६ मात्र रहेको र यस नयाँ गठन हुन गैरहेको जन सम्पर्क समितिमा १२१ सदस्य संख्या रहेकोले र प्रजातन्त्रमा बहुमतको कदर हुनु पर्ने हुनाले पनि सम्पूर्ण पुरानो जन सम्पर्कका साथीहरुलाई यहि नयाँ संस्थामाआइ सदस्यतालियी अगाडी बढ्न समेत यस पत्रद्वारा आह्वान गर्दै हामि १२१ सदस्यसाथिहरुको सामुहिक निस्कर्सबाट एक नया जन सम्पर्क समिति गठन गर्ने निर्णय गरि निम्नलिखित सदस्यसाथिहरुको एक तदर्थ समिति गठन गरिएको छ :-
अध्यक्ष सल्लाहकार:
श्री राम कंडेल ड़ा. श्री कृष्ण चन्द्र प्रसाद
सदस्यहरु:
१ जीवन बराल
२ करण बस्नेत
३ टंक पाण्डे
४ रमेश शिवाकोटी
५ कर्ण रोका
६ दुर्गा शिरिष
७ प्रजन श्रेष्ठ
८ दिपक क्षेत्री
९ अनिल शर्मा
१० रबि मोहन बास्तोला
११ रत्ना सापकोटा
१२ सुजन बेलबासे
१३ कमल पोख्रेल
१४ दिपक ढकाल
१५ प्रयाग राज खनाल
१६ थानेश्वर गौतम