यूएईको आबुधाबी आइक्याड सिटीमा काठमान्डौ रेस्टुरेन्ट सन्चालनमा

– उमाकान्त पाण्डे गाउले

 

आबुधाबी-यूएई- २२ जनवरी २०११-संयक्त अरब इमिरेट्सको राजधानी आबुधाबीको आइक्याड सिटीमा नव वर्ष २०११ को प्रारम्भ सँगै भिमनारायण श्रेष्ठको एकल स्वामित्वमा रहेको काठमाण्डौ रेस्टुरेन्ट सन्चालनमा ल्याइएको छ।

 


 

रेस्टुरेन्टको यूएईका लागि नेपाली राजदुतावासका प्रथम सचिव श्री लोक बहादुर क्षेत्री ले रीबन काटी उदघाटन गरेका हुन।

 


 

खाडीमुलुक मध्ये यूएईमा रोजगारका लागि आउने नेपालीको शख्या अहिले दिन प्रतिदिन बडिरहेको सन्धर्भमा पहिले देखी नै आबुधाबीमा नेपाली ब्यवसायमा सम्लग्न श्रेष्ठ अहिले नेपाली स्वाद सँगै यहाँ रहेका नेपाली लाई स्वदेशमै रही खाना खाएको अनुभब सगांल्नका लागि पनि आफ्नो रेस्टुरेन्ट ले सहयोग पुराउने प्रतिकृया दिए ।

सो काठमान्डौ रेस्टुरेन्टको सुभारम्भ कार्यक्रममा आयोजित एक बिशेष कार्यक्रममा उपस्थित बिभिन्न अतिथीहरुले रेस्टुरेन्ट ब्यवसायमा सफलता मिलोस भन्ने शुभकामना ब्यत्त गरेका थिए।


रेस्टुरेन्टका प्रोप्राइटर भिमनारायण श्रेष्ठले यूएईको राजधानी आबुधाबी स्थित आइक्याड सिटीमा रहेका बिसौं हजार तथा यूएईका जुनसुकै स्थानमा आउने नेपाली दाजभाइहरुलाइ आफ्नै स्वादको नेपाली खाना खुवाने उद्देश्यले रेष्टरेण्ट सञ्चालनमा ल्याएकाले सबैको सल्लाह, सुझाव तथा सहयोग पाउने आशा राख्दै सो को लागी एक पटक रेस्टुरेन्टमा आएर नेपाली पारीकार र स्वाद लाई चाख्नका लागि अनुरोध समेत गरेका छन।

 


 

नेपाली ब्यबसायी भिमनारायण श्रेष्ठले यस् अघी पनि आबुधाबीमा नेपाली रेस्टुरेन्ट सन्चालन गरेका थिए। रेस्टुरेन्ट सम्म पुग्नका लागि थप जानकारी आबश्यक परेमा सर्म्पर्कको लागी ०५५९९८३९४२ नम्बर समेत उपलब्ध गराइएको छ।

 


तस्विर : उत्तम अधिकारी – आबुधाबी सहयोगी