गुल्मीको तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीबाट प्राप्त समाचार अनुसार गुल्मीको पराल्मी गाविसबाट सदरमुकाम तम्घास आउँदै गरेको जिप आइतबार बिहान  दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर छ ।

लु. १ ज १६९३ नम्बरको जिप पराल्मी गाविस-२ नुनथलामा सडकमा परेको सितमा चिप्लिएर दुर्घटनामा परेको थियो । जिप सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाइते गौडाकोट गाविस-७ का २९ वषिर्य दिपक थापालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । अन्य १२ जना घाइतेको जिल्ला अस्पताल तम्घासमै उपचार भैरहेको ट्राफिक कार्यालयका इन्चार्ज डोरबहादुर थापाले बताए ।

 

अन्य समाचारहरु