पोखरा – प्राप्त समाचार अनुसार कास्कीको सराङकोट गाउँ विकास समितिबाट शुक्रबार दिउँसो उडेका फ्रेन्च नागरिक जेम्स डेभिडलाई सशस्त्र प्रहरी बलले आज सकुशल उद्धार गरेको छ ।
डेभिडले चलाएको प्यारामोटर कास्कीको माछापुच्छ्रे गाविस-८ खुमाई डाँडामा क्षतिग्रस्त भएको थियो ।
सशस्त्र प्रहरी बल काकिका गण मालेपाटनबाट खटिएको ५२ सदस्यीय प्रहरी टोलीले प्यारामोटर ग्लाइडर डेभिडलाई उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहृमाचार्यले बताउनुभयो ।