चार जानको समुहमा रहेका युवकहरुद्बारा दुई किशोरीलाई सामुहिक बलत्कार

उदयपुर – उदयपुरबाट  प्राप्त समाचार अनुसार चार जानको समुहमा रहेका युवकहरुले बेल्टार- २ बसपार्कमा शनिवार राति दुई किशोरीलाई सामुहिक बलत्कार गरेका छन् ।

खोटाङ देविस्थान गाविसका राई थरका ती युवतीलाई बसपार्कमा खोटाङकै चिसापानीका ३२ वर्षिय प्रदिप भूजेल, उदयपुरको हडिया गाविसका जेबी चौधरी, बेल्टार – २ का १९ वर्षीय रविन परियार बेल्टार – १ का १८ वर्षीय दिपक परियारले सामुहीक बलत्कार गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । भूजेल ट्याक्टर चालक हुन् भने परियार द्वय बसका सहचालक रहेको प्रहरीले जनाएको छ । चौधरी भने विद्यार्थी हुन् ।

गाउँबाट बेल्टार बजार घुम्न आएका ती युवतीलाई देविस्थान माविका शिक्षक सुरेन्द्र चौधरीका भाइ जेबीले घर लैजाने भन्दै राति बसमा लगेर बलात्कार गरेको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए । युवकहरुले किशोरीलाई राती भरिनै आफ्नो नियन्त्रण्मा पालै पालो बलत्कार गरेर बिहानी पखमात्रै छोडिदिएको यादवले वताए ।

युवकले छोडेपछि किशोरीले प्रहरी कार्यालयमा मौखिक जाहेरी दिएका थिए । किशोरीको जाहेरीपछि बलत्कारमा संलग्न भुजेल, चौधरी र दिपकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादवले वताए । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु