ओमनमा ज्यान गुमाएका म्रुतकका परिवारलाई ओमन नेपाली एकता समाज द्वारा आर्थिक सहयोग


शालिकराम आचार्य-ओमन सहयोगी


अखाँटा-यूएई डेस्क

-२३ जनवरी २०१ -ओमान-मस्कट-आफ्नो रोजीरोटीका लागि बैदेशिक रोजगारी अगांलेका नेपालीहरु बैदेशिक बसाइकै क्रममा ज्यान गुमाउनेको शख्या जती बढेको छ त्यसै अनुरुप मृतकको घरपरिवार बिचल्लीमा परीरहेको यथार्थता समय समयमा संचार माध्यम बाट आउने गरेको प्रसस्त देखिन्छ। यधपी त्यसरी ज्यान गुमाएका नेपालीका लागि सामाजिक संघसस्था द्वारा गरिएका सहयोग उल्लेख्य रुपमा आउने गरेका छन ।


यसै क्रमको अघिल्लो पत्तिंमा रहेको ओमन नेपाली एकता समाजले ओमनमा ज्यान गुमाएका एक नेपाली कामदारलाई आर्थिक सहयोग गरेको खबर प्राप्त भएको छ।


रोजगारका लागि ओमन पुगेका दाङ घोराहीका रामशरण चौधरीको गत डिसेम्बर १९ तारिख आइतबार अचानक मृत्‍यु भएको थियो।


दयनिय आर्थिक स्थितीका कारण परिवारको बिचल्ली हुने देखेपछी ओमन नेपाली एकता समाजले आफ्ना सदस्य तथा ओमनमा रहेका आम नेपाली हरु माझ बाट उठाएको ओमानी रियल १ सय १४ अर्थात करीव २१ हजार १ सय एघार नेपाली रुपैया सकंलन गरी मृतकको श्रीमती सीता चौधरीको नाममा पठाइएको जानकारी प्राप्त भएको छ।


समाजका सदस्य तथा अन्य नेपालीहरु बाट सकंलन गरिएको रकम गत १६ तारिख प्रभुमनी ट्रान्सफर दाङ घोराहीमा पठाइएको हो।   

सकंलन गरिएको थोरै रकम भएपनि आफ्नै हातबाट पठाउन पाउदा अत्यन्त खुशीको अनुभुती भएको ओमन नेपाली एकता समाजका सह-सचिव सिबलाल गिरि ले जनाए।

 

रकम पठाएको रशिद रसिद समेत दिदै समाजका अधक्ष्य शोभाकान्त लामीछानेले आफ्नो नेत्रित्वमा रहेको समाजले सुरु गरेको अभियानमा साथ दिने ओमानमा रहने सम्पूर्ण प्रवासी नेपालीहरु लाई धन्याबाद दीएका छन् र आगामी दिनमा समेत आबश्यक परेमा यस्ता कार्यक्रममा एकता समाज लाई साथ दिन अनुरोध गरेका छन।