बेलायती प्रसारण संस्था ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)ले सर्टवेभमा नेपाली भाषाको सेवा लगायत केही प्रसारण अगामी मार्च महिनासम्ममा बन्द गर्ने भएको छ ।
नेपालीसंगै हिन्दी, ईन्डोनेशीयन, सिंहाली , किर्गिस र ग्रेट लेक्स (रुवाण्ड र बुरुण्डीका लागि) भाषाको सर्टवेभ प्रसारण पनि बन्द गर्ने छ ।
सो कदमबाट ति कुनै पनि भाषा सेवाहरु बन्द भने हुने छैनन् । नेपालीलगायतका ति सेवाहरु एफएम तथा इन्टरनेटमा सुन्न सकिने छ ।
बीबीसीले अन्य पाँच वटा भाषाका सेवाहरु अल्वेनीयन, मासाडोनियन, सर्बियन, आफ्रिकाको लागि पोर्चुगिज् र क्यारेबीयन क्षेत्रका लागि अंग्रेजी भाषाको सेवा भने बन्द नै गर्ने भएको छ ।
बेलायती विदेश मन्त्रालयबाट पाउँदै गरेको अनुदानमा १६ प्रतिशतले कटौती भएपछि बीबीसीले उक्त निर्णय लिएको हो । यसबाट करिव ६ सय ५० कर्मचारी कटौतीमा पर्ने छन् ।



