सिरहा – प्राप्त समाचार अनुसार सिरहामा विद्यालय जाँदै गरेकी एक छात्राको हत्या गरिएको छ। जनता उच्च माध्यमिक बिद्यालय चौहर्वाकी छात्रा पुनमकुमारी सिंहको आज बिहान हत्या भएको हो।
पैदल क्याम्पस जाँदै गरेकी उनलाई सहपाठी सन्तोष चौधरीले हत्या गरेको र उनी फरार रहेको सिरहा प्रहरीले जानकारी दिएको छ। साइकलमा आएका चौधरीले छुरा प्रहार गरी सिंहको हत्या गरेका हुन। हत्यारा चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच हत्याको विरोधमा स्थानीयवासीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा केही व्यक्ति सन्तोष चौधरीको घर तोडफोड गर्ने अगाडि बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको छ। गोली लागि स्थानीय एक व्यक्ति घाइते भएका छन्।