घरायसी विवादमा श्रीमतीद्वारा ३२ वर्षीय श्रीमानको हत्या

उदयपुर – प्राप्त समाचार अनुसार  उदयपुर जिल्लाको पूर्वी गाउँ विकास समिति रामपुर ठोक्सीलाका एक श्रीमतीले बुधबार राति आफ्नै श्रीमानको हत्या गरेकी छिन्। सामान्य कुरामा सुरु भएको घरायसी विवाद उत्कर्षमा पुगेपछि ठोक्सीला -९ शिखरमाडीकी २७ वर्षीया कृष्णकुमारी राईले ३२ वर्षीय मणिको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका नायव निरीक्षक नारायण तामाङले बताए।

 

राईको घरमा आठ नौं वटा ढुङ्गा भेटिएकाले श्रीमान श्रीमतीबीच आपसी बिबादकै कारण कुष्णकुमारीले श्रीमानको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकको कान र नाकबाट रगत बगेको तर, शरिरमा घाउचोट नदेखिएको सई तामाङले बताए। कृष्णकुमारीको पनि टाउको र आँखामा चोट लागेकाले उनीहरुबीच हानाहान भएको हुनसक्ने स्थानीयले बताएका छन्।


घटनामा संलग्न भएको आरोपमा कृष्णकुमारीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए। मृतकको लास पोष्टमाटमका लागि बुधबारै जिल्ला अस्पताल उदयपुर ल्याइएको छ।

अन्य समाचारहरु