काठमाडौ – मेक्सिकोको सुरक्षा निकायले ४ नेपालीसहित अन्य २ सय १९ लाई गैरकानुनी रुपमा देश छिरेका अवस्थामा उद्दार गरेको छ ।
स्थानिय एल युनिभर्सल पत्रिकाका अनुसार ९ बालबालिकासहित १ सय ७७ पुरुष र ३३ महिलालाई सुरक्षाकर्मीले उद्दार हुन् । ती मानिसमा १ सय ६९ ग्वाटेमाला, २२ एल साल्भाडोर, १८ होन्डुरस, ६ श्रीलंका र ४ नेपालका छन् ।
मेक्सिकोको दक्षिणी राज्य चियापासमा बुधबार राति उद्दार गरिएका यी मानिसहरु निकै दयनीय अवस्थामा थिए । सबै यात्रुलाई शारिरीक, मानसिक र कानुनी सहयोग सुरु गरिएको छ ।
उनीहरुलाई बोकेको ट्रकले सुरक्षामा खटिएका प्रहरीको अवज्ञा गरि भाग्ने कोशिश गरेको थियो । ती सबैले यात्राका लागि करिब ७ हजार ३ सय १९ डलर तिरेका थिए । ट्रक चलाउने २ व्यक्ति पक्राउ परेका छन् ।
यी मानिस मेक्सिको हुँदै अमेरिकाको सिमा भित्र ल्याउने मानव तस्करका शिकार भएका हुन सक्ने समाचारमा उल्लेख छ ।



