कपिलवस्तुमा २ वटा ईटा भट्टामा बम विष्फोट

कपिलवस्तु – प्राप्त समाचार अनुसार गएराती कपिलवस्तुमा २ वटा ईटा भट्टामा बम विष्फोट भएको छ । मानपुर गाविसका कटाया र वरायन ईटा भट्टामा वम विष्फोट भएको हो ।


विष्फोटको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका कपिलवस्तु सैन्य प्रमुख सुर्यदेव र जिल्ला संयोजक विक्रान्तले स्थानीय संचारकर्मीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएको बताएका छन् । आफ्नो पार्टीको नीति विपरित कार्य गरिएको भन्दै बम विष्फोट गराएको दावी गरेका छन् ।


उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भने कुनै पनि बम बिष्फोट नभएको र मानपुर ४मा रहेको  प्रबिण कौशल ईटा भटट्ामा आगनजी तथा लुटपाट भएको जनाएको छ । राति १ बजेको समयमा मुखमा कालोपट्टी बांधेर आएको अज्ञात समुहले एक लु ३ प ७०२ नम्बरको मोटरसाईकलमा आगजनी गर्नुको साथै दूई थान मोवाईल लुटेर लगेको तथा केही नगद लिएर गएको प्रहरीको भनाई रहेको छ ।

अन्य समाचारहरु