बैतडीमा २८ वर्षिय अधबैंसे सुत्केरी महिला घरभित्रै मृत फेला

डडेल्धुरा – प्राप्त समाचार अनुसार  बैतडीको शंकरपुर गाबिस-४ मा  माईती घरमा बस्दै आएका एक अधबैंसे सुत्केरी महिला घरभित्रै मृत फेला परेकी छन् ।


सित्तड घर भई माईत शंकरपुर गएर बसेकी २८ वर्षिय  पुष्पा जोशी  घरमै मृत अवस्थामा फेला परेको परिवारजनले बताएका छन् ।  एक महिनाअघि बच्चा जन्माएकी पुष्पा २० दिनदेखि मानसिक रुपमा असामान्य रहेको परिवारजनको भनाइ छ ।

 

ट्याक्टर किचेर महिलाको मृत्यु


सिन्धुली । सिन्धुलीको रानीचुरी गाविस ७  स्थित मोरङ्गेटारमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।


रानीचुरीबाट सिन्धुली सदरमुकाम आईरहेको ना ३ त ४१०८ नम्वरको ट्याक्टरबाट खसेपछि ट्याक्टरको पछिल्लो टायरले किचेर बुदुना बस्ने जमुना वाईवाको मृत्यु भएको हो । दुर्घटना हुना साथ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको तर ट्रयाक्टर चालक र साहू भने फरार रहेका छन् ।

अन्य समाचारहरु