नेपाल भारत सिमा क्षेत्रमा दुर्लभ बन्यजन्तु अर्नाको आक्रमणबाट १८ वषिर्य एक युवाको मृत्यु

इनरुवा – प्राप्त समाचार अनुसार सुनसरी जिल्लाको लौकही स्थित नेपाल भारत सिमा क्षेत्रमा शनिबार अपरह्रन दुर्लभ बन्यजन्तु अर्नाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा लौकही गाविस २ का १८ वषिर्य मिथलेशकुमार यादव रहेका छन् । लौकही स्थित नेपाल भारत सिमामा रहेको छोटी भन्सार कार्यालय नजिकै यादवमाथि अर्नाले आक्रमण गरेको थियो ।

अर्नाको आक्रमणबाट गंम्भीर घाइते यादवलाई उपचारका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु