कुमार रानाको संचालन र जन सम्पर्क समिति यू ए इ का केन्द्रीय उपाध्यक्ष भुवानी शर्माको सभापतित्वमा तथा जनसम्पर्क समिति यू ए इ का सभापति श्री चित्र केसी को प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा जनसम्पर्क समिति यू ए इ उप सभापति राज बस्नेतले शुभकामना मन्तब्य दिनु भएको थियो।
राज बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा पी एस् लिम्बु ले जनसम्पर्क समितिका बिबिध कार्यक्रमहरु तथा शुभकामना मन्तब्य दिनुभयको थियो ।
प्रमुख अथितीको आसन बाट बोल्दै जनसम्पर्क समिति यू.ए.इ. का सभापति चित्र केसी ले अल ऐन र अबुधबीका समिति हरु गठन भैसकेको र दुबइ समिति को पनि गठन भएकोमा खुशी प्रकट गर्नु भएको थियो अनी आगामी दिनहरु म अन्य एमिरेट्स हरुमा पनि आफ्नो समिति बिस्तार गर्ने जाने पर्तिबद्ता जाहेर गर्नु भएको थियो । समाज सेबी तेज आचार्य ले नेपाली कांग्रेस त यसको इतिहास को बारेमा चर्चा गनुभयेको थियो।
नबनिर्बाचित अधक्ष मनोज कुमार श्रेष्ठले आफ्नो कार्यकालमा उलेखय काम गर्ने अनि यो समितिलाई सबै भन्दा बलियो बनाउदै लैजाने पर्तिबद्ता जाहेर गर्नुभएको थियो।
भुवानी तिमिल्सिनाले नबनिर्बचित समिति लाई शुभकामना दिदै कार्यकरमको समापन गर्नु भएको थियो



