जाजरकोटमा धामीले भूतलाई भगाउन आगोको अगुल्टा अन्धा धुन्द फाल्दा आगलागि, १२ लाखको क्षती

जाजरकोट – प्राप्त समाचार अनुसार   जाजरकोट जिल्लाको ढीमे गाविस वडा नं १ दम्दालामा  आगलागि हुँदा १२ लाख क्षती  भएको छ । स्थानीय खड्गबहादुर थापा र नीमबहादुर थापाको घरमा आगो लाग्दा  उक्त क्षती भएको हो ।

आगलागिबाट दुईवटा घर जलेर नष्ट भएका छन् । घरभित्र भएको अनाज , कपडा , भाडावर्तन , नगद समेत गरी १२ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी चौकी पाँचकाटीयाले जनाएको छ ।


शनिबार राति छिमेकमा धामीले भूतलाई भगाउन आगोको अगुल्टा अन्धा धुन्द फाल्दा आगलागि भएको प्रत्यक्षदर्शी डिल्ली बहादुर थापाले बताए ।

अन्य समाचारहरु