पूर्व पश्चिम राजमार्गअन्तर्गत झापामा भारतीय ट्रकको ठक्करबाट दुईजनाको मृत्यु/ चितवनमा बसको छतबाट खसेर एक जनाको मृत्यु / दोलखामा युवतीको हत्यामा संलग्न युवक पक्राउ

झापा – प्राप्त समाचार अनुसार  पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गा-२ स्थित जुकेकल्भर्टमा भारतीय ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।


डव्ल्यु वि ७१-ए ०४४१ नम्बरको मालबाहक भारतीय ट्रकको ठक्करबाट गम्भीर घाइते भएका झापा सतासीधाम-१ का १८ वर्षीय विनोद शेर्मा र सोही स्थानका ३० वर्षीय राजकुमार शेर्माको उपचारका क्रममा मृत्युभएको हो ।

पश्चिमतर्फ जाँदै गरेको सो भारतीय सवारी साधनले हिजो बिहान ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको मे २ प ८६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार शेर्माद्वयलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।


मोटरसाइकल चालक विनोदको हिजो र अर्का घाइते राजकुमारको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरी चौकी सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

 

बसको छटबाट खसेर एकको मृत्यु


चितवन – प्राप्त समाचार अनुसार  बसको छतबाट खसेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पश्चिम चितवनको मङ्गलपुरमा बिहान साढे ९ बजे बसबाट खसेर गम्भीर घाइते भएका बारा बरियारपुरका ३६ वर्षीय शम्भु गिरीकोे भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको चितवन प्रहरीले जनाएको छ ।


पश्चिम चितवनको शुक्रनगरबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ४३३१ नम्बरको बसबाट उनी एक्कासी खसेका थिए ।


सो बसलाई नियन्त्रणमा लिएको भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।


यात्रुहरुको चापका कारण चितवनका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा छतमा राखेर यात्रुहरुलाई यात्रा गराउने गरिन्छ ।

 

युवतीको हत्यामा संलग्न युवक पक्राउ

दोलखा – प्राप्त समाचार अनुसार  दोलखाको ध्याङसुकाठोकर गाविसमा एक युवतीलाई हत्या गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्रेको छ ।


झुले गाविस ३ का ३२ वर्षिया गङगाबहादुर कार्कीले सोधपुछको क्रममा झुले गाविस ३ निवासी २८ वर्षिया रञ्जु विश्वकमालाई आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरी नायब निरीक्षक भक्तराज श्रेष्ठले बताउनुभयो । गत साउनमा गर्भ रहेपछि कार्कीले बच्चा फाल्न आग्रह गरेपनि विश्वकर्माले नमानेपछि घ्याङसुकाठोकर गाविसको तामाकोशी जङगलमा लगेर हत्या गरेको कार्कीले बयान दिएका छन् ।


कार्कीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्वा लगाइने प्रहरीले जनाएको छ । शनिबार झुले ३ निवासी २८ वर्षिया रञ्जु विश्वकर्मा घ्याङ सुकाठोकर गाविसको तामाकोशी किनारको जङगलमा ढुङगाको चेपमा शरीर चेपिएको अवस्थामा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

अन्य समाचारहरु