यही मिति २०११/०१/२९ का दिन नेपाली जनप्रगतिशील मंच, यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको भेला संम्पन्न भएको छ |
बिशेष गरि बिगत लामो समय देखि नेपाली जनप्रगतिशील मंच यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिमा कोषाअध्यक्ष को कार्यभार समाल्दै यू.ए.ई.का विभिन्न सास्कृतिक कार्यक्रमहरुमा जनबादीगीत र नेपाली लोकगीतहरु समेत गाएर जनमासलाई आफ्नो मिठो स्वरले मन्त्र मुग्ध पार्दै आउनु भएकी क्रान्तिकारी बिचारमा प्रतिबद्द कलाकार तथा समाजसेबी श्रीमती सरु थापा(मगर) लाई संगठनका महासचिब श्याम परियार र केन्द्रिय सल्लाहकार संयोजक पिताम्बर पोख्रेल ले संगठनको तर्फबाट दोसल्ला ओढाएर सम्मानितगर्नु भएको थियो | बिदाइ को सो कार्यक्रममा प्रवासका समसामयिक बिषय सहित सांगठानिक सुद्रीढी करणको बारेमा समेत छलफल भएको थियो |

कार्यक्रममा नेपाली जनप्रगतिशील मंच यू.ए.ई.का केन्द्रीय सास्कृतिक बिभाग संयोजक नेत्र के.सी., क्षेत्रीय समितिका सल्लाहकार राम शाहि नील प्रसाद लामिछाने,राजेन्द्र राइ,नवराज भुषाल ,जय सारु,लगाएत कलाकार सहकर्मी मधु राई,चन्दा थापा र अन्जना राना लगायतको उपस्थीति रहेको थियो | सो कार्यक्रममा उपस्थित सबैले सरु थापा मगर ले प्रवासमा रहेर पनि नेपालीहरुमाझ बैचारिक रुपमा लिनु भएको क्रान्तिकारी निष्ठा र नैतिकता साथै उहाले समाजसेवाको क्षेत्रमा लगाएत आफ्नो जातीय क्षेत्रमा दिनु भएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो भने सरु थापा ले पनि संगठनले आफ्नो भूमिका लाई सम्मानित गरेकोमा खुसि ब्यक्त गर्दै नेपाली जनप्रगतिशील मंच यु.ए.ई.र सहकर्मी सबै साथीहरुलाई धन्यवाद दिनु भएको थियो|
सोहि भेलाले आगामी शुक्रबार फेब्रुवरी ४ तारिखका दिन अबुधाबीमा विशेष भेला सहित अबुधाबी क्षेत्रीय समितिको पुनर्गठन गर्ने निर्णय गर्दै सो भेलामा अबुधाबीमा रहनु भएका सम्पूर्ण नेपाली जनप्रगतिशील मंचका शुभ-चिन्तकहरुलाई समेत भेलामा सहभागी भएर भेलालाई सफल पारिदिनु हुन आग्रह गरेको छ |