काठमाडौँ – नेपाल र सिङ्गापुरबीचको मैत्री सम्बन्धलाई अझ घनिष्ट बनाउने, दुवै देशबीचको कला, शिक्षा, साहित्य र संस्कृति क्षेत्रहरूको आदान-प्रदान गर्ने, स्वास्थ्य र शिक्षा, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सनन्दन सिंहको अध्यक्षतामा नेपाल-सिङ्गापुर मैत्री समाजको गठन गरिएको छ ।
समाजको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः सनातनशम्शेर राणा, मोहनवीर थापा र किरण जोशी रहनुभएको छ । समाजको सदस्यहरूमा आनन्द कार्की, सोमलाल बाटाजु चयन हुनुभएको छ ।