काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार सडक बालकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
अनुप भुजेल र राजन श्रेष्ठ (नाम परिवर्तन) लाई सुन्धाराको एक गेस्टहाउसमा पैसाको प्रलोभनमा पारेर यौन दुर्व्यवहार गरिरहेको अवस्थामा ७४ वर्षीय पिटर जैम्स सेक्सनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बालकलाई गैरसरकारी संस्था सिविनको जिम्मा लगाइएको परिसर प्रमुख एसपी पुष्कर कार्कीले बताए ।