ती नेपालीको परिचय नखुलाइए पनि चार जना विद्यार्थी भिसामा बेलायत पुगेर पनि पढ्ने नगरेको र एक जना अध्ययनरत् रहे पनि अनुमति दिइएको समयभन्दा बढी काम गरिरहेको जानकारी दिइएको छ।
ती विद्यार्थीलाई स्पोन्सर गर्ने कलेजलाई पनि सरकारले छानबिनको दायरामा राखेको विज्ञप्तिमा उल्लेख छ। टायर फोर विद्यार्थी भिसाअन्तर्गत बेलायत पुगेका विद्यार्थीहरु कलेजमा अनुपस्थित भए त्यसको जानकारी अध्यागमन विभागलाई दिनुपर्ने प्रावधान रहेको त्यसमा उल्लेख छ।
अध्यागमन मामिलासम्बन्धी मन्त्री डामियन ग्रीनले भिसाको दुरुपयोग गर्ने र पढ्नको साटो बस्न र काम गर्न आउनेहरुमाथि कारबाहीको शृङ्खला सुरु गर्ने बताएका छन्।



