भक्तपुर – प्राप्त समाचार अनुसार तीनकुने-सूर्यविनायक विस्तारित ६ लेन सडकमा दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ ।
यो सडकखण्डमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले यस्तो कदम चालेको हो ।
अघिकांश दुर्घटना मदिरा सेवन र तीव्र गतिका कारण हुने गरेकाले मदिरा सेवन गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाउन थालिएको प्रहरीको भनाइ छ ।