काठमाडौंको चाबहिलमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौंको चाबहिलमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुधबार विहान मेडिकेयर अस्पताल अगाडी नम्बर नखुलेको मोटरसाईकलले बा ३७ प ६७५९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा घर भई काठमाडौं बाँसबारी बस्ने २५ वर्षीय पङ्कज शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते शाहको शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार बिहान नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



अन्य समाचारहरु