
स्वभावअनुसार फँडा उठाएर बसिरहने गोमन सर्पले कसैलाई टोक्ने वा झम्टने गर्दैन । ‘नागबाबा’ भन्दै हेर्न जानेको घुइँचो बुधबारदेखि बढेको छ । बुढाथोकीका अनुसार ११ दिनअघि उक्त स्थानमा देखिएको सर्प निरन्तर बसिरहेको छ ।
चिसो बढेपछि त्यही दुलोमा लुक्ने गोमन सर्प घाम लागेपछि बाहिर निस्कने गरेको बुढाथोकीले बताए । उनले बिरामी भएकाले घाम ताप्न बाहिर निस्केको हुन सक्ने बताए । आक्रमण गर्ने स्वभाव विपरीत फँडा उठाएर भीड हुँदा पनि शान्तपूर्वक बस्ने भएकाले नजिकै पुगेर हेर्नेको संख्या बढ्दो छ ।



