– टेक थजाली
बर दुबई,यूएई (फेब्रवरी-५,२०११) – फेब्रवरी-४,शूक्रबारको दिन बरदुबई ईम्पेरियल होटेलको हलमा पाँच पोखरी समुह यूएइको आयोजनामा २८४७ औ ल्हो छार मनाईएको छ । सोही कार्यक्रममा नेपाल टेलिभिजनको छमछमीमा ७ औ हुन सफल सर्लाहीका पुर्ण तामाङलाई आयोजकले अतिथि कलाकारको रुपमा बोलाएको थियो।उपस्थित अधिकांस दर्शकहरु ल्होछारमा छमछमी नाचेर रमाएकाथिए।
आयोजक समुहका अध्यक्ष पदम दोङको सभापतित्व,नेपाली राजदुतावास यूएईका महामहिम राजदुत अर्जुन बहादुर थापाको प्रमुख आतिथ्य र समाजसेवी सीपी सापकोटाको बिशेष आतिथ्यमा अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,कलाकार,पत्रकार-साहित्यकार,च्याङबा र मैच्याङहरुका साथै उल्लेख्य नेपाली दाजुभाई दिदीबहिनीहरु रहेका थिए।
प्रमुख अतिथी र सभापतीद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। आयोजकको तर्फबाट प्रमोद थोकरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने नारायण थोकरले समुहको गतिबिधीको बारेमा बोलेका थिए। सन २००६ मा स्थापित पाँच पोखरी समुह यूएईले सिन्धुपाल्चोकमा बाटो,बिध्यालय,गुम्बा लगाएत क्षेत्रमा ने.रु सात लाख ९४ हजार आर्थिक सहयोग गरिसकेको जनायो।
सोही कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथी, नेपाली आदिवाशी जनजाती महासंघ यूएईका अध्यक्ष भुवन राई, प्रवाशी ईलामेली समाजका अध्यक्ष तुलसी तामाङ लगाएतले सम्पूर्ण तामाङ समुदायलाई शुभकामना ब्यक्त गरेका थिए। पमुख अतिथिले यूएईमा कार्यरत सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई दुतावासमा आफ्नो अवस्थाको बारेमा जानकारी गराउन अनुरोध गरे त्यसो नभए पुन यूएई आउनु परे पनि समस्या हुन सक्नेछ-राजदुतले भनेका थिए। बिशेष अतिथिले कुनै पनि जात जाती र धर्म र समाजले पहिला नेपाली हौ भनेर बुझ्नु पर्दछ भनेका थिए भने मन्तब्यकै क्रममा नेपाली आदीवाशी जनजाती महासँघ यूएईका अध्यक्ष भुवन राईले हामी नेपालीले आफ्नो जात भाषा धर्म,भेष भुशा,कला र सस्कृतिलाई भुल्न नहुने धारणा राखेका थिए।
छमछमीमा टप टेन भित्र पर्न सफल कलाकार पुर्ण तामाङ आफ्नो बेजोड कलाले गर्दा यूएईमा रहेका दर्शकहरुको मन मुटुमा पनि बस्न सफल भएका छन् । आयोजकको तर्फ बाट स्याब्रु निर्त्य बाट सुरु भएको सास्कृतिक भागमा यूएईमा कार्यरत स्थानिय नेपाली कलाकारहरुले पनि बिबिध सास्कृतिक प्रस्तुतीहरु पस्केका थिए। यसरी आ-आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुमा प्रेम लामा, बसन्ती लामा,चन्चला घिमिरे, किसान थापा,ज्ञान लामा,प्रितम बम्जन,नबिन शंकर, प्रिया तामाङ, सुदिप लामा,पुजा लामा, यमन गुरुङ्,प्रिया पाख्रिन, सुनिल लामा पूर्ण लामा तिजु तामाङ लगाएत थिए।
पाच पोखरी समुह यूएईको सामाजिक कामलाई मन पराएर प्रवासी ईलामेली समाज, समाजसेवी सिपी सापकोटा, बिमल पाख्रिन लगाएतले पनि आर्थिक सहयोग गरेको जानकारी कार्यक्रम सञ्चालकले गराएका थिए,भने प्रत्यक्ष अप्रत्यक्ष टेवा पुर्याउने सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको अन्तमा सभापतीले भनेका थिए,नमरे बाँचे कालले साचे अर्को साल अझ बरीष्ठ हलमा भेटौला।दुई चरणमा बिभाजन गरिएको पहिलो चरणको कार्यक्रम सरस्वती तामाङ र दोश्रो चरणको कार्यक्रम गँगा तामाङ र प्रमोद थोकरले सञ्चालन गरेका थिए।