जनसंपर्क समिती यूएईका बिशेष गतिबिधी हरु:नेपाली जनसम्पर्क समिती यूएईको दुबइ क्षेत्रिय समिती गठन

– गोपाल कडेल

 

यूएई- अखाँटा यूएई डेस्क) – नेपाली जनसम्पर्क समिति यूएइ को प्रथम अधिबेसन तथा दुबइ क्षेत्रिय समिति को गठन गत जनवरी २८ का दिन बुर दुबइ स्थित आडमरा प्लाजा होटेलमा सम्पन्न भएको छ। 


 


अधिबेसनले मनोज कुमार श्रेष्ठको अधक्ष्यतामा  १५ सदस्य दुबइ क्षेत्रिय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण शर्मा तथा दामोधर पाण्डे,सचिबमा गोपाल कंडेल,सहसचिबमा गोकर्न पौडेल,कोषाध्यक्षमा साङ्दोर्गे शेर्पा र सदस्यहरुमा क्रमस: राम प्रसाद अधिकारी ,अशोक तामाङ, घनश्याम खनाल , रमेश गौतम् ,दिल गुरुङ , हिरामनी पोखरेल,दीपक खत्री,बोस तामाङ,गोविन्द चालिसे तथा सललाहाकार हरुमा क्रमश: निर कुमार शर्मा,कुमार राना,तेज प्रसाद आचार्य रहनुभएको छ।
 
जनसम्पर्क समिति यूएइका केन्द्रीय उपाध्यक्ष भुवानी तिमील्सिनाको सभापतित्व तथा जनसम्पर्क समिति यूएइका सभापति चित्र केसी को प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रमा जनसम्पर्क समिति यूएइका
उपसभापति राज बस्नेतले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको सन्चालन कुमार रानाले गर्नु भएको थियो।
 
राज बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा पी.एस्. लिम्बुले जनसम्पर्क समितिका बिबिध कार्यक्रमहरु बारे प्रशम्शा गर्दै  शुभकामना मन्तब्य दिनुभयको थियो ।
 
प्रमुख अथितीको आसन बाट बोल्दै जनसम्पर्क समिति यू.ए.इ.का सभापति चित्र केसी ले अलऐन र आबुधाबीमा समिति हरु गठन भैसकेको र दुबइ समिति को पनि गठन भएकोमा खुशी प्रकट गर्नु भएको थियो। आगामी दिनहरुमा अन्य एमिरेट्सहरुमा पनि आफ्नो समिति बिस्तार गर्दै जाने पर्तिबद्ता जाहेर गर्नु भएको थियो। समाजसेवी तेज आचार्यले नेपाली कांग्रेस र यस्को इतिहासका बारेमा चर्चा गनुभएको थियो।
 
नबनिर्बाचित अधक्ष मनोज कुमार श्रेष्ठले आफ्नो कार्यकालमा उलेख्य कामगर्ने र समितिलाई सबै भन्दा बलियो बनाउदै लैजाने पर्तिबद्ता जाहेर गर्नुभएको थियो।
भुवानी तिमिल्सिनाले नबनिर्बचित समिति लाई शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।
 
नेपाली जनसम्पर्क समिति दुबइ क्षेत्रिय समितिको पहिलो बैठक सम्पन्न
 
उमाकान्त पाण्डे गाउले – यूएई-दुबई 
 
नेपाली जनसम्पर्क समिती दुबइ क्षेत्रिय समितिको पहिलो बैठक गत ३ फ्रेबरी शुक्रबारका दिन बुर दुबइमा सम्पन्न भएको छ ।
 
समितिका सभापति मनोज कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त बैठकमा समितिका १२ जना सदस्य हरुको उपस्थिती रहेको थियो।
 
केन्द्रिय समितिको बिधान अनुरुप समितीमा आबद्द सबैले साधारण सदस्यता लिनु पर्ने तथा सक्रिय सदस्य बिस्तार गर्नुपर्ने भएकाले सोही अनुरुप काम गर्नु पर्ने कुरामा जोड दिदै सदस्यता रशिद बितरण पनि गरिएको जनाइएको छ।
 
आगामी दिनका कार्यक्रम हरुलाई प्रभाबकारी रुपमा लैजादै जानुपर्ने तथा सामाजिक कार्यमा बिशेष योगदान दिदै समितिको तर्फ बाट गर्न सकिने सबै बिषयबस्तु माथि बिशेष छलफल छलफल गरिएको थियो।
 
जनसंपर्क समिती यूएई अन्तर्गत आबुधाबी- अलएैन तथा दुबइ क्षेत्रिय समिती विस्तार भईसकेको र आगामी दिनमा केन्द्रिय समितीका सबै गतिबिधीलाई क्षेत्रिय समितीले साथ दिदै क्षेत्रिय समिती अन्तर्गत एरिया समिती गठन गर्दै नेपाली काग्रेश तथा प्रजातन्त्रलाई माया गर्ने सम्पूर्ण  प्रवासी नेपाली लाई सगठित गर्दै जाने र सामाजिक कार्यमा एकबद्द भएर लाग्ने निर्णय गर्दै अबको अर्को बैठक फ्रेबरी महिनाको अन्तिम शुक्रबारका दिन बस्ने निधो गरि उक्त बैठक को समापन गरिएको जनसंपर्क समिती यूएई दुबइ क्षेत्रिय समितीका सचिव गोपाल कडेलले जनाएका छन।