अमेरिकाका नेपाली गणित शास्त्री हरुको पहिलो नियमित बैठक सम्पन्न

न्यु मेक्सिको – अमेरिकीमा रहेका गणित शास्त्री हरुको शंस्था “एसोसिएसन अफ नेपलिज म्याथम्याटीसिएन इन अमेरिका को   पहिलो नियमित बैठक यसै फेब्रुवरी ५, शनिबारका दिन सम्पन्न भएको छ|
 
टेलिफोन कन्फेरेन्स मार्फत गरिएको यो  बैठकले आगामी २०६८ साल भित्र नेपालमा  गणित शिक्षा सुधारको दिशामा  बिशेष कार्यक्रम ल्याउन  डा. भरत रावल र दीपक बस्याल  सम्मिलित एउटा अध्यन टोलि गठन गरेको छ|
 
शस्थाको वेब साइट अपडेट तथा  सुधारको लागि उपाध्यक्ष द्वय सन्तोष भट्टराई र डा ध्रुब अधिकारी लाइ जिम्मेवारी दिईएको छ भने  र सदस्यता वृद्धि तथा सस्था  दर्ता प्रकियाको बारेमा अध्यन गर्न कोषाध्यक्ष डा. गोकर्ण अर्याल  लाइ जिम्मेवारी तोकिएको कुरा सस्थाका सचिब दीपक बस्यालले न्यु मेक्सिको बाट बताएका छन|