काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार लागू औषध कारोबारीको अभियोगमा हिरासतमा रहेका दिनेश बज्राचार्यको शनिबार मृत्यु भएको छ। प्रहरीका अनुसार टेकुबाट डाइजेपामसहित पक्राउ परेका २४ वर्षेय बज्राचार्य हिरासतभित्र अचानक बिरामी भएको प्रहरीले जनाएका थिए।
जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको उपचारकै क्रममा शनिबार बेलुका वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।