बुटबल भैरहवा सडकखण्डको मणीग्राममा ट्रकको ठक्करबाट एक साईकल यात्रुको मृत्यु

प्राप्त समाचार अनुसार  बुटबल भैरहवा सडकखण्ड अन्र्तगत रुपन्देहीको मणीग्राममा गएराती ट्रकको ठक्करबाट एक साईकल यात्रुको धटनास्थलमै मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यलय बुटबलका अनुसार भैरहबाबाट बुटबल जांदै गरेको ना २ ख २२९९ नम्बरको ट्रकले रुपन्देहीको मणीग्राममा बिपरीत दिशाबाट आएका साईकलयात्रीलाई ठक्कर दिदा रुपन्देहीको करहिया गा बि स बार्ड ७ निबासी लाल बहादुर बि क को धटनास्थलमै मृत्यु भएको हो ।

 

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रमा लिएको इलाका प्रहरी कार्यलय बुटबलले जनाएको छ ।



अन्य समाचारहरु