लमजुङ – प्राप्त समाचार अनुसार लमजुङको सिम्पानी बाङ्ग्रेभिरबाट लडेर आइतबार राति एक व्यक्तिको मृत्यु भएको छ । सिम्पानी ५ घर भएका ३० वर्षीय जंगबहादुर विकको सदरमुकाम वेसीसहरबाट घर जाने क्रममा राति ८ बजे भिरबाट लडेर मृत्यु भएको हो ।
बिहानसम्म घर नआइ पछि खोजतलास गर्दा सोमबार बिहान ११ बज उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल बेसीसहरतर्फ ल्याएको छ ।
विकले अत्याधिक मदिरा सेवन गरेका कारण भिरबाट लडेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।



