धादिङ – प्राप्त समाचार अनुसार भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
भैरहवाबाट काठमाण्डौतर्फ जांदै गरेको ना.३.ख ७२१७ नम्वरको ट्रकले सोही दिशातर्फ जांदै गरेको बा.१५.प ८८२६ नम्वरको मोटरसाईकललाई ठक्करदिंदा मोटरसाइकल चालक धादिङ कल्लेरी- ५ का अन्दाजी बर्ष २५ का डेमराज बर्जाचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बैरेनी -९ को चिरौदी खोलामा सोमबार विहान ११ बजेतिर भएको सो दुर्घटनापछि ट्रक र सो का चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।