काठमाडौ – गैरआवासीय नेपाली सङ्घले नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकामा बधाई दिएको छ ।
सङ्घका अध्यक्ष देवमान हिराचनले प्रेस विज्ञप्ति जारी गरी विश्वभरि रहेका नेपालीलाई समेट्दै नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा नेपाल सरकारसँग हातेमालो गर्दै देश निर्माणमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य लिएकामा प्रधानमन्त्रीको मार्गदर्शनको अपेक्षा गर्नुभएको छ ।
मुलुकको उन्नति, प्रगति र आत्मसम्मान बढाउने कार्यमा सबै गैरआवासीय नेपालीबाट र विशेषगरी सङ्घका तर्फबाट पूर्ण सहयोग उपलब्ध हुने विश्वाससमेत दिलाइएको छ ।