एमाले अधक्ष झलनाथ खनाल प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएकोमा प्रवासी नेपाली युवासंघ यूएई द्वारा शुभकामना

– उमाकान्त पाण्डे गाउले

 

अखाँटा-यूएई डेस्क- नेपाल कम्युष्टि पार्टी एकीकृत माक्स्रवादी-लेनिनवादी का अध्यक्ष तथा संसदीय दलका नेता क.झलनाथ खनाल नेपालको ३४ औ प्रधानमन्त्री एवं गणतन्त्र नेपालको तेश्रो प्रधानमन्त्रीको रुपमा व्यवस्थापिका-संसदवाट वहुमतका साथ निर्बाचित हुनु भएकोमा प्रवासी नेपाली युवासंघ यूएईले एक प्रेस बिज्ञप्ती जारी गरी हर्ष प्रकट गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ।साथै वहाको कार्यकालको पूर्ण सफलताको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ।


नवनिर्वाचित प्रधानमन्त्रीज्यूलाई नेपाली जनताको सार्बभौमिकतालाई केन्द्रविन्दुमा राखी उनीहरुको मौलिक हक मानव अधिकार र स्वतन्त्रतालाई बचाई राख्नका लागि सशक्त भूमिका निर्बाह गर्दै उग्रबामपन्थी भडकाव,अधिनायकवादी सोच अराजकता र यथास्थितिवाद विरुद्ध निरन्तर कृयशील रहनका लागि हामी आग्रह गर्दछौ जारी प्रेस बिज्ञप्तीमा भनिएको छ।

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखन र मुलुकमा स्थायी शान्ति स्थापना गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नेकपा एमाले को नेतत्वमा गठित सरकारले जिम्मेवारीपूर्ण भूमिका खेल्नेछ भन्ने कुरामा पूर्ण भरोसा एवम् विश्वास राख्दै सो कार्यमा सबै सँग सहमतिय प्रणाली अन्तर्गत हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्दछौ।  

हाल मुलुकको मुल मुद्धाको रुपमा रहेको संविधान निर्माण राज्यको पुनःसंरचना तथा शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याई स्थायी शान्तिको स्थापना गर्नु रहेको कुरामा कसैको दुई मत हुन सक्दैन तसर्थ नेपाली जनताको जनचाहना अनुरुप जनपक्षीय सबिधान निमार्ण सहित मुलुकमा दीर्घकालीन शान्ति तथा स्थायित्व कायम गर्न नवनिर्वाचित प्रधानमन्त्री तथा सिगों पार्टी पंक्ति सफल हुनेछ भन्ने कुरामा ऐक्यवद्धता प्रकट गर्दछौ प्रेस विज्ञप्तीमा भनीएको छ।


प्रवासी नेपाली युवासंघ यूएईका केन्द्रिय अधक्ष महेश गिरी द्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तीमा प्रवासबाट पार्टी तथा सरकारलाई पुर् याउनु पर्ने जस्तो सुकै सहयोगका लागि युवासंघ तत्पर रहेको कुरा अवगत गराउदै नेपालको सक्रमणकालिन यो स्थितीमा एमालेको काधमा आएको यो जिम्मेवारी पुरा गर्न पार्टीका सबै तह र तप्का लागि पर्दै नवनिर्वाचित प्रधानमन्त्रीज्यूको सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं भनिएको छ।