धादिङको जीवनपुरबाट काठमाडौँको सीतापाइलातर्फ आउँदै गरेको मिनीबस दुर्घटना हुदाँ दुई जनाको मृत्यु

काठमाडौँ – प्राप्त समाचार अनुसार  धादिङको जीवनपुरबाट काठमाडौँको भीमढुङ्गा हुँदै सीतापाइलातर्फ आउँदै गरेको बा२ख २३०४ नं को भाडाको मिनीबस जीवनपुरको डढुवा तुलसीचौरमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।


दुर्घटनामा कुमारी गाविस बिरुवाटारकी अन्दाजी १० वर्षीया बालिका र सोही स्थानकी अन्दाजी ३३ वर्षीया नाम खुल्न नसकेकी महिलाको मृत्यु भएको छ ।


दुर्घटनामा मृत्यु हुने बालिकाकी आमा सख्त घाइते भएकी र निजको उपचारका लागि काठमाडौँमा पठाइएको छ ।


तीव्र गतिमा आएको सो मिनीबस अनियन्त्रित भई करिब २५० मिटर तल खसेको थियो ।बसमा करिब आठजना यात्रु रहेको स्थानीयवासी विक्रम भेटुवालले जानकारी दिए ।


आज बिहान करिब १० बजे दुर्घटना भएको सो बसबाट बालिकाको शव बाहिर निकालिएको र महिलाको शव बसमा च्यापिएकाले झिक्ने प्रयास भइरहेको छ । बस चालक फरार भएका छन् ।

अन्य समाचारहरु