रुकुम – प्राप्त खबर अनुसार जिल्ला सदरमुकामको खलङ्गा गाविस-१ स्थित जिल्ला अदालतको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको अचेत अवस्थामा उद्धार गरिएको छ ।
मृत्यु हुनेमा बाँकेका कृष्णबहादुर पुन र जितबहादुर पुन तथा घाइते हुनेमा बर्दियाका लालबहादुर तामाङ रहेको प्रहरी प्रमुख घेमजङ्ग चौहानले जानकारी दिनुभयो ।