वृद्धाको हेरचाहमा जेरुसेलमस्थित एक घरमा कार्यरत ४० वर्षिया पूर्णमाया तामाङको दुई दिनअघि मृत्यु भएको हो । इजरायलकै मालोटमा रहेकी सुनसरी, इनरुवाकी सुष्मा पौडेलले फोनमा दिएको जानकारी अनुसार काम गर्ने घरका मालिकले तामाङको लडेर मृत्यु भएको बताएका छन् ।
साढे चार वर्षअघि इजरायल पुगेकी तामाङ १८ महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । मृतककी बहिनी माया पनि इजरायलमै छिन् । उनले त्यहाँ रहेका अरु नेपालीहरुको सहयोगमा दूताबासलाई शव नेपाल लगिदिन आग्रह गरेको पौडेलले बताइन् ।



