दक्षिण कोरियामा दुर्घटना परी मृत्यु भएका घर्तीमगरको दाहसंस्कार

– रघु त्रिपाठी

 

दक्षिण कोरिया । प्युठान जिल्ला ओखरकोट गाविस वाड नं. ९  निवासी मृतक खेम बाहादूर घर्तिमगरको पार्थिव शरिरलाई २१ दिनपछि दक्षिण कोरियाको सुवान स्थित दाहात्मक स्थलमा आज दाहसंस्कार गरिएको छ ।


श्रीमती २ छोरा र ३ छोरीलाई नेपालमा छोडेर रोजगारिको शिलसिलामा ११ वर्ष अगाडि दक्षिण कोरिया आउँनु भएका ४६ वर्षिय घर्तिमगरलाई हृवासाङ्ग सिटिमा बाटो पारगर्ने क्रममा जनवरी २३मा ट्रकले ठक्कर दिएको थियो ।


मृतक घर्तिमगरकी धर्मपत्नी चद्रकला पुनको कोरिया आगमनमा प्रविधिक कारणले हुँन गएको ढिलाई तथा निजले पाउँनु पर्ने क्षतिपूर्तिको आवश्यक प्रकृया मिलाउँने क्रममा  दाहसंस्कारमा ढिलाई भएको मृतकका आफन्त चित्र रानाले जानकारी दिनुभयो ।


नेपाली दूतावास दक्षिण कोरियाको रोहवरमा सवारी धनी मार्फत २ करोड कोरियन वोन मृतकका आफन्तलाई क्षतिपूर्ति वापत दिएको छ भने उहाँलाई अस्पतालमा राख्दा र दाहसंस्कारमा लागेको आवश्यक खर्च उहाँ कार्यरत कम्पनीले बेहोर्ने जानकारी प्राप्त भएको छ । त्यसै गरी बिमा कम्पनीबाट पाउँनु पर्ने रकम भने नेपाली दूतावास तथा नेपाल सरकारले आवश्यक कागज पत्र उप्लब्ध गराएपछि मात्र दिने बताइएको छ ।


दाहसंस्कार तथा शोक सभामा सहभागी भएका नेपाली समुदायले शोक प्रकट गर्दै केही आर्थिक संकलन समेत गरेर मृतकका आफन्तलाई हस्तान्तरण गरेका थिए ।  नेपाली सम्पर्क समिति,नेपाल पत्रकार महासंघ, नेको परिवार, नेपाल मगर संघ ,किराँत राई परिवार, तमुधी लगायत नेपाली  संघ सस्थाका प्रमुखहरु तथा मृतकका आफन्तजन  र साथी भाईहरुको उपस्थिति रहेको थियो ।