– दिपक जिसी – भारत
अर्घाखाँची टाईम्स-यूएई डेस्क-एकिकृत माओवादीको नेतृत्वमा २०५२ फागुन १ गते देखि सुरु गरिएको जनयुद्ध को १६ औ वर्ष गाठ अबसरमा अखिल भारत नेपाली एकता मंच नया दिल्लीको आयोजनमा प्रवासमा बसने प्रवासी नेपालीहरुको बिचमा भब्यरूपमा जनयुद्ध दिबश मनाइएको छ।
कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य राजू शर्मा,देवी अधिकारी,राम बहादुर थापा,सी.बी.थापा लगायतको उपस्थिती रहेको थियो भने करीब २ सय भन्दा बढी प्रवासीहरुको उपस्थिती रहेको थियो।
सो अवसरमा बोल्ने अधिकाशं वत्ता हरुले देशमा शान्ती स्थापना र सबिधान निर्माणका लागि दवाव दिन प्रवाशी नेपालीहरु एक जुट हुनु पर्ने भनाइ राखेका थिए।
जनयुद्दमा शहिद भएका हजारौका सपना साकार बनाउन पनि प्रवासी नेपाली हरु एक जुट भएर नेपालका राजनीतिक पार्टी हरुलाई दवाव दिनु पर्ने भनाइ कार्यक्रममा बोल्ने अधिकांशको भनाइ रहेको थियो।
कार्यक्रममा अखिल भारत नेपाली एकता मंच नया दिल्ली नगर समिति सदस्य नारायण बी.क.,रबी शाह,निशान्त शर्मा लगायतको उपस्थिती रहेको थियो।



