त्रिशूली नदीमा खस्दा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

चितवन – चितवनको दारेचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्युभएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा महेश्वर श्रेष्ठ रहेको र घाइतेहरूको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

घाइतेलाई थप उपचारका लागि भरतपुरतर्फलानेछ । काठमाडौँबाट नारायणगढतर्फआउँदै गरेको बा ७ च ७८७१ नम्बरको निजी गाडी त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस

अन्य समाचारहरु