बुटवल – संचारमाध्यमहरुमा जनाइए अनुसार रुपन्देहीमा सोमबार भएको तीन छु्ट्टाछुट्टै दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको बा१ख५७४७ नम्बरको बसको ठक्करबाट रुपन्देहीको खुर्दावगर ९ प्रीपहवाका ५ वर्षिय बालक आरमान खांको मृत्यु भएको छ । सोमबार दिउँसो बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै सौ-फर्साटिकरमा पनि ट्रीपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । फर्साटिकरबाट अमुवातर्फ आउँदै गरेको लु१ख४३४३ नम्बरको ट्रीपरले सखुवानीमा ठक्कर दिदा पश्चिम अमुवा बस्ने बाबुराम विकका ५ बर्षिय छोरा सन्दिप विकको मृत्यु भएको हो ।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै रुपन्देहीको शंकरनगरमै भएको अर्को दुर्घटनामा एक बालक घाइते भएका छन् । लु९प४२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ निवासी बर्ष ८ का योगेश न्यौपाने घाइते भएका हुन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।