– योगराज राई
बेलायत । गत फेब्रुअरी महिनाको १२ तारीख शनिवार, होकिन्जको कम्युनिटी सेन्टरमा कल्पना तामाङ्गको संयोजनमा केन्ट स्टाफका दिदीबहिनीहरुको भब्य बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा केन्ट स्टाफका विजनेस् ओनर पल किड, गोर्खाहिल सुपर स्टोरका प्रोप्राइटर चन्द्र गुरुङ्ग लगायत केन्ट स्टाफमा कार्यरत सबै दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
उक्त दिनको कार्यक्रममा केन्ट वरपरका करीब ४ देखि ५ सय दिदीबहिनीहरु उपस्थित थिए । केन्ट स्टाफमा कार्यरत सबै दिदीबहिनीहरुको सहभागिता देखेर, आफू ज्यादै प्रभावित भएको, केन्ट स्टाफ नेपाली विभागका कोर्डिनेटर कल्पना तामाङ्गले बताइन् । कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउनका लागि ससाना नानीहरु र भान्जीहरुले बिभिन्न आकर्षक नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।
यो वर्षपनि गत बर्षहरुमा जस्तै दिदीबहिनीहरुका लागि साडी र पुरुषहरुका लागि शुट प्रतियोगिता राखिएको थियो । जस्मा स्त्रीतर्फ कल्पना दुरा र पुरुषतर्फ राजु राई परस्कृत भए । स्मरण रहोस्, प्रतियोगिताको मूल्यांकन भने केन्ट स्टाफकै अंग्रेजी विभागका कर्मचारीहरुले गरेका थिए ।
कार्यक्रमको अन्तमाः केन्ट स्टाफका बिजनेस् ओनर पल किडले नेपालीहरुको संस्कृति र संस्कारबाट आफु अत्यन्तै खुशी भएको बताउँदै, कार्यक्रम आयोजक लगायत कम्पनीमा कार्यरत सबै दिदीबहिनीहरुलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।