पैसा लिएर मान्छे मार्दै हिड्ने समुहलाई प्रहरीले पक्राउ

काठमाडौं – प्राप्त समाचार अनुसार पैसा लिएर मान्छे मार्दै हिड्ने समुहका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले पैसा लिएर मान्छे मार्ने समुहका शिब बस्नेतलाई पक्राउ गरेको हो । दोलखा घर भएका बस्नेतलाई प्रहरीले ठमेलको एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो ।

प्रहरीको सार्वधिक खोजीको सुचीमा रहेको उनी सहितको समुहले २०६६ चैत १५ गते रोयल क्यासिनो छेउको सडकमा जगगा कारोबारी कुमार लामालाई हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । उनी सहितको तीन जनाको समुहले एक ब्यक्तिको ईशारामा ५ लाख रुपैंया लिएर लामालाई हत्या गर्न खोजेको बताएका छन् । राती क्यासिनो बाहिर बोलाएरपहिले पेस्तोलले हानेका थिए । प्रहरीले हत्या गर्न लगाउने ब्यक्तिको पहिचान भइसकेको दाबी गरेको छ ।

‘पेस्तोलबाट गोली नपड्किएपछि खुकुरीले हानेर मार्ने प्रयास गरेका थिए’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ‘मर्‍यो भनेर फ्यालेको मान्छे लामो समयको उपचारपछि बाँच्यो ।’ ३१ बषिर्य लामा अहिले अपाङग अवस्थामा थन्किएका छन् ।

बस्नेतसँगै रहेका अन्य दुई सुनिल लामा र सुमन राईको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु