मध्यपूर्वि एशियाली राष्ट्र बहरायनमा जारी सरकार विरोधी प्रदर्शनमा कुनै किसिमको सहभागिता नजनाउन नेपाली नागरिकलाई रोजगार व्यवसायी संघको आग्रह

मध्यपूर्वि एशियाली राष्ट्र बहराइनमा जारी सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन वैदेशीक रोजगारीमा गएका नेपालीहरुलाई नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ।

 

बहराइनमा केहि समय यता आन्तरिक विद्रोह भइरहेकाले नेपाली कामदारलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो। संघले नेपाली कामदारलाई विशेष निगरानीमा कुटनीतिक नियोग, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एनआरएन कार्यालयहरुलाई समेत आग्रह गरेको छ।

 

बहराइनमा हाल चालिस हजार नेपाली कामदार रहेको संघले जनाएको छ। संघले जोखिममा परेका नेपालीलाई स्वदेश फिर्ता बोलाउने र बहराइन जान रोक्न समेत आग्रह गरेको छ। संघका कार्यवाहक अध्यक्ष हंसाराज वाग्लेद्वारा जारी विज्ञप्तीमा सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पनि गरिएको छ।