काभ्रेबाट भक्तपुर तर्फ आउँदै गरेको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर – प्राप्त समाचार अनुसार  काभ्रेबाट भक्तपुर तर्फ आउँदै गरेको कन्टेनरको ठक्करबाट नलिन्चोकमा बिहीबार एक जनाको मृत्यु भएको छ ।

बा १ प ४५१ नम्बरको बिसिएम कन्टेनर ठक्करबाट काठमाडौबाट पनौती जादै गरेको बा २६ प ५७२८ नम्बरको मोटरसाइकल चालक उमेश थापाको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने बैतडी गौरीथोक ५ का बर्ष २५ परमानन्द गिरी घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 

मृतक थापा काभ्रे उमुलिडाडा ५ का हुन् । चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग जगातीका प्रहरी निरीक्षक केशव थेवेले जानकारी दिए ।

अन्य समाचारहरु