काठमाण्डौ को एक क्याटरिङ् मा कार्यरत तीन मजदुरको रहस्यमय मृत्यु

फागुन काठमाडौं । पुरानो वानेश्वरस्थित न्यू ओम साई क्याटरिङमा कार्यरत तीनजना मजदुर मृत अवस्थामा फेला परेका छन् ।


शुक्रबार राति खाना खाएर एउटै कोठामा सुतेका उनीहरुलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा गोपी तामाङ प्रज्वल भुजेल र दिनेश कार्की रहेका छन् । घटनाको अनुसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।


शल्यपरीक्षणका निम्ति तीनैजनाको शव सिनामङ्गलस्थित काठमाडौं शिक्षण अस्पतालमा राखिएको छ । रासस

अन्य समाचारहरु