काठमाडौंको पुरानो बानेश्वरमा तीनजना मजदुर मृत अवस्थामा फेला

काठमाडौ । काठमाडौंबाट प्राप्त समाचार  अनुसार काठमाडौंको पुरानो बानेश्वरस्थित न्यू ओम साई क्याटरिङमा कार्यरत तीनजना मजदुर आज बिहान मृत अवस्थामा फेला परेका छन् ।


शुक्रबार राति खाना खाएर एउटै कोठामा सुतेका उनीहरुलाई आज बिहान मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।


शल्य परीक्षणका निम्ति तीनैजनाको शव सिनामङ्गलस्थित काठमाडौं शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु