लालबहादुर ढेंगा, दुबइ- यूएई

कार्यक्रम संयोजक तथा वरिष्ठ केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर थापाले आफ्नो स्वागत मन्तव्य दिएका थिए।त्यस्तैगरी संस्थाको कार्यबिवरण केन्द्रीय महासचिव नुनप्रसाद सोमैले पढेर सुनाएका थिए।
कार्यक्रमको अवसरमा विश्वमा रहेका सम्पूर्ण मगरहरुलाई समेत्ने हेतुले नेपाली मगर संघ यूएईको आफ्नो वेबसाइट www.magarsanghuae.com लाई पत्रकार अर्नुन दाहालद्धारा संचालन गरी प्रमुख अतिथि राजदूत थापाले उद्घघाटन गरेका हुन।
स्थानीय कलाकारहरुद्धारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिकता र संस्कृतिलाई पूर्णरुपले उजागर गरिएको थियो । मगरहरुको आफ्नो परम्परागत झ्याउंरेको नाचले दर्शकहरुलाई छमछमी नचाएको थियो भने हांस्य कलाकारहरुले देशको संविधानलाई कसरी कायम राख्न पर्दछ, त्यसको बारेमा प्रकाश पार्दै पेट मिचि-मिचि हसाउन समेत भ्याएका थिए ।
कार्यक्रमलाई अझै रोचकता ल्याउनको लागि दर्शकको अर्धकति टिकटलाई ड्र गरी विभिन्न पुरस्कारहरुको व्यावस्था समेत गरिएको थियो । जसमा प्रथम पुरस्कार ल्यापटप थियो भने अन्य पुरस्कारहरुमा डीभिडी,मोबाइल फोन र घडी रहेको थियो ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणमा केन्द्रीय महासचिव नुनप्रसाद सोमै र केन्द्रीय सचिव भरत रानाले संचालन गरेका थिए। दोस्रो चरणमा लोक गायक धनेन्द्र मास्की र रोमिसा पुनले संचालन गरेका थिए।



