प्राप्त समाचार अनुसार न्युजिल्यान्ड भूकम्पग्रस्त क्षेत्र क्राइस्ट चर्चमा रहेका नेपाली सुरक्षित रहेको न्युजिल्यान्ड नेप्लिज सोसाइटीका उपाध्यक्ष प्रदीपबाबु बिष्टले बताएका छन्।
उनले भूकम्पले सबैभन्दा प्रभावित रहेको क्राइस्ट चर्चको मध्यभागमा त्यस समयमा करिब ५० नेपाली रहेको र उनीहरु सबै सुरक्षित रहेको बताए।
भूकम्पपछि अहिले त्यहाँ आपत्कालिन सेवाका लागि मात्रै फोन सर्म्पक खुला छ। ‘त्यहाँ रहेका साथीहरुले सुरक्षित छौ भन्ने इमेल गरेका छन्’, उनले भने- ‘क्राइस्टचर्च आसपास क्षेत्रमा १ सय ५० नेपाली छन्।’
स्थानीय समयअनुसार दिउँसो एक बजे गएको सो भूम्पकमा कम्तिमा ६५ जनाको मृत्यु भएको छ।