काठमाडौं – प्राप्त समाचार अनुसार विशेष अदालतले सहकारी डिभिजन कार्यालय काठमाडौंका सहकारी निरीक्षक (नायब सुब्बा) लक्ष्मण अर्याललाई भ्रष्टाचार गरेको ठहर गरी तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गराएको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलासले आत्मीयता बचत तथा ऋण सहकारी संस्था दर्ता गर्दा ३० हजार रुपैयाँ घूस लिएको ठहर गर्दै कैद सजाय र जरिवाना गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहकारी दर्ता गर्ने क्रममा बानेश्वरको एक रेस्टुरेन्टबाट प्रतिवादीसित लिएको ३० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा गत असोज १९ मा मुद्दा दायर गरेको थियो ।



